काभ्रेमा बस र ट्रक ठोक्किँदा ८ घाइते

काभ्रेमा बस र ट्रक ठोक्किँदा ८ घाइते
+
-
देशसञ्चार AI सारांश
  • काभ्रेको पाँचखाल नगरपालिका-६ मा बसले ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्, जसमा तीनको अवस्था गम्भीर छ।
  • काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बसले ट्रकलाई ठक्कर दिएर ट्रक ३० मिटर तल खसेको हो।
  • दुर्घटनाबाट ट्रकका छ र बसका दुई यात्रु घाइते भएका छन्, घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

काभ्रेको पाँचखाल नगरपालिका- ६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको ट्रकलाई पाँचखाल नगरपालिका- ६ मा ठक्कर दिएको थियो।

बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका छ र बसका दुई यात्रु घाइते छन्। तीमध्ये ट्रकमा रहेका तीनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार ट्रकमा रहेका काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका- ६ का रेशम थापा, बेथानचोक गाउँपालिका- ४ का ४३ वर्षीय लाइतलाल तामाङ र  झापाका ५८ वर्षीय लालबहादुर राई गम्भीर घाइते छन्। त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका- १ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायक का ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन्।

बसमा रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ का ७० वर्षीय युक्तबहादुर खत्री र  बलेफी गाउँपालिकाऔ ६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएका छन्। घाइतेको धुलिखेलस्थित अस्पतालमा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?