
म्याग्दीको बेनी नगरपालिका–९ को तुसारेपानीमा बुधबार बोलेरो दुर्घटना भएको छ। रघुगंगा गाउँपालिका–८ बाट यात्रु लिएर सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जिप बुधबार दिउँसो सडकदेखि सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइतेलाई उपचारका लागि बेनीस्थित प्रदेश अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जिपमा १५ यात्रु थिए। सामान्यतया: बोलेरोमा १० भन्दा बढी यात्रु चढाउन मिल्दैन।
बोलेरो जीप चालक धवलागिरी गाउँपालिका–४ म्याग्दीका ३४ वर्षीय चन्द्र पुर्जालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार सवारीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीको छ।