बालेनबारे समाचार आएपछि पत्रकारलाई ज्यान मार्ने धम्की

बालेनबारे समाचार आएपछि पत्रकारलाई ज्यान मार्ने धम्की
+
-

काठमाडौं- नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ।

शाखाले बुधबार एक विज्ञप्तिमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपछि बालेनका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको उल्लेख गरेको छ।

शाखाका सचिव रमेशकुमार बोहोराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘यो कुनै व्यक्तिगत रिसइबी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो, जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।’

विज्ञप्तिमा समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लंघन भएको उल्लेख छ। घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र पत्रकारमाथि हुने धम्की तथा आक्रमणप्रति शून्य सहनशीलता अपनाउन पनि शाखाले माग गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?