रोनाल्डो बने पहिलो अर्बपति फुटबलर

रोनाल्डो बने पहिलो अर्बपति फुटबलर
+
-
देशसञ्चार AI सारांश
  • क्रिस्टियानो रोनाल्डो एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो फुटबलर बनेका छन्।
  • उनी साउदी अरबको अल नासर क्लबबाट खेल्दै, विभिन्न प्रायोजन र व्यवसायिक गतिविधिबाट पनि ठुलो आम्दानी गर्छन्।
  • सामाजिक सञ्जालमा ठुलो प्रभाव भएको रोनाल्डोको इन्स्टाग्राममा ६० करोड फलोअरहरू छन्।

पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अर्बपति फुटबलर बनेका छन्। इतिहासमै पहिलो पटक आफ्नो खेलजीवनको करिअरबाट उनले एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पति कमाउने फुटबलर बनेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार रोनाल्डोले विश्व खेल इतिहासमा नयाँ कीर्तिमान र मानक स्थापित गरेका हुन्। उनको सम्पति १।४ अर्ब अमेरिकी डलर पुगेको छ।

३९ वर्षीय पोर्चुगिज फरवार्ड अहिले साउदी अरेबियाको फुटबल क्लब अल नासरबाट ब्यबसायिक फुटबल खेलिरहेका छन्। उनले आफ्नो सम्पत्ति क्लबका सम्झौता, प्रायोजन ९स्पोन्सरसिप० सम्झौता र विभिन्न व्यवसायिक गतिविधिबाट उक्त रकम बराबरको सम्पती आर्जन गरेका हुन् ।

रोनाल्डोले आफ्नो खेल करिअरमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता शीर्ष क्लबहरूबाट पाएको कीर्तिमानी पारिश्रमिकका साथै हाल साउदी अरबमा पाएको सर्वाधिक ठुलो र कीर्तिमानी सम्झौता पनि आम्दानीको हिस्साका रुपमा रहेका छन्।

मैदानबाहिरको उनको आम्दानी पनि उनको अर्बपतित्वमा ठूलो कारण बनेको छ। उनीसँग नाइकीको आजीवन प्रायोजन सम्झौता छ, र उनी आफ्नै सीआर ७ ब्रान्डका मालिक समेत हुन्। जसअन्तर्गत कपडा, परफ्युम, चश्मा, जिम र होटलसम्ममा लगानि विस्तार गरिएको छ।

उनको सामाजिक सञ्जालमा पनि ठुलो प्रभाव रहेको छ। इन्स्टाग्राममा मात्र ६० करोडभन्दा बढी फलोअर छन्, जसका कारण उनले विश्वमै सबैभन्दा महँगा प्रायोजित पोस्टहरूबाट ठूलो आम्दानी गर्छन्।

फोर्ब्सको रिपोर्टअनुसार, रोनाल्डोको खेलमैदानभित्र र बाहिर दुबैबाट भएको कुल आम्दानी एक अर्ब डलर पार गरिसकेको छ, जसले उनलाई यो स्तरमा पुग्ने पहिलो सक्रिय फुटबलर बनाएको छ। उनका दीर्घकालीन प्रतिद्वन्द्वी लिओनेल मेसी विश्वका सबैभन्दा बढी कमाउने खेलाडीहरूमा परे पनि, उनको कुल आम्दानी यो स्तरमा पुगेको छैन।

रोनाल्डोले सन् २०२२ मा अल नासरमा सरेपछि उनको आम्दानी र प्रभाव दुबै अझ विस्तार भएको छ। उनले आफ्नो फुटबल करिअरमा विश्वकप बाहेक अधिकांस महत्वपूर्ण उपलब्धिहरु हासिल गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?