
अ
+
अ
अ
-
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न देशका नेपाली राजदूतहरूसँग भर्च्युअल संवाद गरेकी छन्।
प्रधानमन्त्री कार्कीले बुधबार परराष्ट्र मन्त्रालयमा विदेशीस्थित नेपाली दूतावासका राजदूतहरूसँग भर्च्युअल छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्की परराष्ट्रमन्त्रीसमेतको जिम्मेवारीमा छिन्।
छलफलमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका सम्बन्धमा छलफल गरिएको परराष्ट्रस्रोतले जानकारी दिएको छ।
जेनजी आन्दोलनपछि धेरै देशहरूले नेपाली नागरिकलाई भिसामा कडाइ गरेको विषयमा पनि उनले राजदूतहरूसँग चासो व्यक्त गरेकी थिइन्।
भर्च्युअल संवादमा मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई पनि सहभागी छन्।