
अ
+
अ
अ
-
काठमाडौँ – आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। कुवेतले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।
नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ।
नेपाल र कुवेतबीच टी-२० अन्तर्राष्ट्रियमा ३ खेल खेलेको छ। जसमा नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ।
कुवेतविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने।