नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले जुलुस, प्रदर्शन, विराेधका कार्यक्रम गर्दा अनुमति लिनु पर्ने उर्दी जारी गरेकाे छ।
असाेज १८ गतेकाे सर्वपक्षीय बैठककाे निर्णय भन्दै प्रशासनले आज जारी गरेकाे सूचनामा पूर्वस्वीकृति वा अनुमति नलिई त्यस्ताे कार्यक्रम गरेमा त्यसबाट हुने क्षतिकाे जिम्मेवारी आयाेजकले लिनु पर्ने उल्लेख गरिएकाे छ।
दुर्गामाताकाे मूर्ति बिसर्जनका क्रममा भएका केही विवादले जिल्लाकाे शान्ति सुरक्षामा असर पार्ने प्रयास भएपछि प्रशासनले पूर्वस्वीकृति लिएर विराेधका कार्यक्रम गर्न उर्दी जारी गरेकाे हाे।
दुर्गामाताकाे मूर्ति बिसर्जनका क्रममा भएकाे विवादलाई लिएर असाेज १८ गते केही ठाउँमा ताेडफाेड र आगजनी भएपछि त्यसदिन साँझ ७ बजेदेखि प्रशासनले नेपालगन्जकाे वडा नम्बर १४, १५ र २३, डुडुवाकाे ६ र नरैनापुरकाे ५ नम्बर वडामा लगाएकाे निषेधाज्ञा अझै जारी छ।

भर्खरै
लोकप्रिय






































































































































































































