मुख्यमन्त्रीले विश्वासको मत नलिँदै नयाँ सरकारका लागि दाबी पेश

मुख्यमन्त्रीले विश्वासको मत नलिँदै नयाँ सरकारका लागि दाबी पेश
+
-

जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले संविधानलाई बेवास्ता गर्दै दाबी पेश गरेका छन्।

मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेस र चौथो ठूलो दल जनमत पार्टीले प्रदेश सरकारबाट मुख्यमन्त्रीले राजीनामा नदिएको अवस्थामै प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गरेका हुन्।

जनमत पार्टीका प्रदेशसभा सदस्य रहेका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छैनन्। उनले विश्वासको मत लिनुपूर्व नै तीन दलले नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन्।

यस्तै, तीन दलले पेश गरेको दाबीपत्र त्रुटिपूर्ण देखिएको छ। प्रदेश प्रमुखको कार्यालयले हालसम्म नयाँ सरकार गठनका लागि आह्वान नगरे पनि तीन दलले पेश गरेको दाबीमा भने प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सरकारका लागि असोज २२ गते सूचना आह्वान भएको भन्दै सोही सूचनाको आधारमा दाबी पेश गरेको उल्लेख गरिएको छ। तर प्रदेश प्रमुखको कार्यालयका अनुसार हालसम्म नयाँ सरकार गठनका लागि कुनै सूचना आह्वान भएको छैन।

नेपालको संविधानको धारा १६९ को उपदफा (१) मा मुख्यमन्त्रीको पद रिक्त हुने अवस्थाको बारेमा उल्लेख गरिएको छ। उक्त उपदफाको (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, (ख) मा धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित भएमा, (ग) प्रदेशसभाको सदस्य नरहेमा, (घ) निजको मृत्यु भएको अवस्थामा मुख्यमन्त्री पद रिक्त हुने व्यवस्था छ।

तर, मधेस प्रदेशमा मुख्यमन्त्रीलाई दिइएको समर्थन दलहरूले फिर्ता लिए पनि मुख्यमन्त्री सिंहले हालसम्म विश्वासको मत लिएका छैनन्। उनले विश्वासको मत नलिँदै तीन दलले दाबी पेश गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं नयाँ सरकारमा मुख्यमन्त्रीको रुपमा प्रस्ताव भएका कृष्णप्रसाद यादवले सतिशकुमार सिंह बहुमतको आधारमा नियुक्त भएकोमा तीनै दलले समर्थन फिर्ता लिइसकेकाले उनले विश्वासको मत लिनुको औचित्य नभएकाले दाबी पेश गरेको बताए।

उनले मुख्यमन्त्रीले राजीनामा नदिए विश्वासको मत लिइसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि फेरि दाबी पेश गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?