इजरायल-हमास युद्धविराममा सहमति, बन्धक रिहाइ हुने ट्रम्पको घोषणा

इजरायल-हमास युद्धविराममा सहमति, बन्धक रिहाइ हुने ट्रम्पको घोषणा
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्धविराम भएको घोषणा आफ्नै शान्ति योजना अनुसार गरेका छन्।
  • इजरायली प्रधानमन्त्री नेतन्याहूले ‘ऐतिहासिक दिन’ भन्दै सम्झौताका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
  • हमासले ट्रम्पलाई सम्झौताका प्रावधानहरू इजरायलले पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरुप इजरायल र हमासबिच युद्ध बिराम भएको घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत भने ‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतोलाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ। दुई वर्ष लामो युद्ध अन्त्य हुने आशा पलाए पनि अझै केही महत्वपूर्ण विवरणहरूमा छलफल हुन बाँकी रहेको बीबीसीले जनाएको छ।

इजिप्टमा भइरहेको वार्ता सन् २०२३ अक्टोबर ७ को हमास नेतृत्वको आक्रमणपछिको ठीक दुई वर्ष दुई दिनपछि भएको हो, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई अपहरण गरिएको थियो।

त्यसयता गाजामा इजरायली सैन्य कारबाहीका कारण कम्तीमा ६७,१८३ जना मारिएका छन्, जसमा २०,१७९ बालबालिका पनि रहेको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?