तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुमा तिहारका लागि मखमली फूल टिप्दै किसान (तस्बिरहरू)

तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुमा तिहारका लागि मखमली फूल टिप्दै किसान (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानहरू मखमली फूल टिप्न व्यस्त भएका छन्।

गुन्डुकी स्थानीय किसान लक्ष्मी नगरकोटीका अनुसार, वैशाख-जेठमा रोपिएका मखमली फूलको पहिलो चरणको बाली दसैँअघि साउन-भदौमै टिपिने र विदेश निर्यात गरिने गरेको छ। हाल भने उनीहरू तिहारका लागि फूल टिप्नमा व्यस्त छन्।

नगरकोटीले फूलको बजार मूल्य पनि राम्रो रहेको जानकारी दिइन्। प्रतिगोटा मखमली मालाको मूल्य २२ देखि २३ रुपैयाँसम्म पर्छ र व्यापारीहरू माला किन्न किसानको घरमै आउने गर्छन्।

अहिले गुन्डुका किसानहरू बिहानभरि खेतमा फूल टिप्छन् भने दिउँसोको समयमा त्यसलाई माला उनेर बिक्रीका लागि तयार पार्ने गर्छन्। तिहारका लागि आवश्यक पर्ने मखमली फूलको उत्पादनमा यहाँका किसानहरूले ठूलो योगदान पुर्‍याएका छन्।

तस्बिरहरूः 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’