
अ
+
अ
अ
-
काठमाडौँ- आज गर्ने भनिएको ‘जेनजी’आन्दोलन स्थगित भए पनि माइतीघरमा पुगेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विरोध प्रदर्शन गर्न माइतीघर पुगेका डा. निकोलस भुसाल र एसपी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई आज दिउँसो माइतीघरमा ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।
सुरक्षाकर्मीहरूले थप भीड जम्मा हुन नदिन माइतीघर क्षेत्रमा कडाइका साथ निगरानी बढाएका छन्।
थप तस्बिरहरू: