काठमाडौँ- माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका १० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।
जेनजी आन्दोलनमा धोका भएको भन्दै विरोध प्रदर्शन गर्न आएका व्यक्तिहरूलाई आज माइतीघर–बानेश्वर क्षेत्रमा भारी प्रहरी परिचालनसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार डा. निकोलस भुसाल र एसपी साह पनि पक्राउ परेका छन्।
सुरक्षाकर्मीहरूले थप भीड जम्मा नहोस् भनेर क्षेत्रको कडाइका साथ निगरानी बढाएका छन्। आन्दोलन आज स्थगित भए पनि केही प्रदर्शनकारी माइतीघर पुगेका कारण पक्राउ पर्ने घटना भएको प्रहरीले जनाएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































