मन्त्री घिसिङद्वारा क्षतिग्रस्त बिपी राजमार्ग अवलोकन, अस्थायी डाइभर्सन निर्माण तीव्रता दिन निर्देशन

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त बिपी राजमार्ग अवलोकन, अस्थायी डाइभर्सन निर्माण तीव्रता दिन निर्देशन
+
-
देशसञ्चार AI सारांश
  • भौतिक पूर्वाधार मन्त्री घिसिङले बाढीले क्षतिग्रस्त बिपी राजमार्गको निरीक्षण गर्दै मर्मत कार्य तीव्र बनाउन निर्देशन दिए।
  • राजमार्गमा डाइभर्सन निर्माण कार्यमा १२ स्काभेटर, ४ ह्वील लोडर, ८ टिपर प्रयोग भइरहेका छन्।
  • स्थानीय जनप्रतिनिधिहरूले राजमार्ग बन्दका कारण भोगेका समस्याबारे मन्त्रीलाई जानकारी गराए।

काभ्रेपलाञ्चोक- भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले गत साता आएको बाढीपहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गको आज अवलोकन गरेका छन् ।

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले क्षति पुर्याएको राजमार्गका विभिन्न खण्डको निरीक्षण गरेका हुन् ।

उनले अस्थायी सडक सञ्चालनका लागि बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका छन्। मन्त्री घिसिङले भने, “थप उपकरण र जनशक्ति प्रयोग गरी राति पनि काम गरि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कार्यलाई तीव्रता दिनुहोला।”

सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी प्राथमिकताका आधारमा मर्मत कार्य अघि बढाउन समेत उहाँले निर्देशन दिनुभएको छ। गत वर्ष रोशी खोलाले बगाएको राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको तत्काल बेलिब्रिज निर्माणका लागि पनि निर्देशन दिइएको छ।

राजमार्ग अवलोकनका क्रममा स्थानीय जनप्रतिनिधिहरूले राजमार्ग सुचारु नभएका कारण भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए। बाढीले कटान गर्दा करिब चार किलोमिटर डाइभर्सन पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

हाल बिपी राजमार्गमा आठ स्थानबाट डाइभर्सन निर्माण भइरहेको छ। काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान (चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोला) र सिन्धुलीमा तीन स्थानबाट डाइभर्सन निर्माण भइरहेको सडक विभागले जनाएको छ।

डाइभर्सन निर्माणमा १२ स्काभेटर, ४ ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ। सिन्धुलीको तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्म निर्माण सम्पन्न हुने र अन्य एक स्थानमा शुक्रबारसम्म डाइभर्सन बनिसक्ने अनुमान छ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । राजमार्गको १७ स्थानमा क्षति पुगेको छ। क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियासमेत अघि बढाइएको छ।

पूर्वी नेपालसँग जोड्ने छोटो दुरीको यो राजमार्गबाट दैनिक हजारौँ यातायात साधन आवतजावत गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?