
दोलखा- दोलखाको लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा अलपत्र परेका चार जना विदेशी पर्यटकलाई उद्धार गरिएको छ।
बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ र स्वीजरल्याण्डका २ जना पर्यटक असोज २१ गते काठमाडौ फर्किने क्रममा लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरोले बाटो अवरुद्ध भएपछि अलपत्र परेका थिए।
उनीहरु सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा सुरक्षित रहेका थिए। असोज २३ गते बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले पर्यटकहरुलाई उद्धार गरी काठमाडौतर्फ पठाएको छ।
उद्धार गरिएका पर्यटकहरूमा कुनै चोटपटक नलागेको र उनीहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।