
अ
+
अ
अ
-
काठमाडौँ – सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन्।
मन्त्री घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गरेका हुन्।
त्रिवि किक्रेट मैदानमा प्याराफिट निर्माण गरिएको छ। प्याराफिटमा कुर्सी जडानको काम पनि भइसकेको छ। यतिबेला फ्लडलाइट जडानका लागि पोल उठाउने लगायतका काम भइरहेका छन्।
आगामी नेपाल प्रिमियर लिगका खेलहरू फ्लडलाइटमा खेलाउने लक्ष्यसहित काम भइरहेको छ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी