लिमीमा घाम लागे मात्र चल्छ सञ्चार सेवा

लिमीमा घाम लागे मात्र चल्छ सञ्चार सेवा
+
-
देशसञ्चार AI सारांश
  • लिमीका बासिन्दा घाम लाग्दा मात्रै मोबाइल नेटवर्क चल्ने, तर बदलीमा सम्पर्क विच्छेद हुने समस्याले ग्रस्त छन्।
  • सौर्य ऊर्जा निर्भर नेपालको टेलिकम टावर पानी परेपछि काम नगर्ने हुँदा स्थानीयलाई सञ्चार समस्यामा पार्छ।
  • टावरका लागि पुराना ब्याट्री र फोर जी टावरको काम नगर्दा साथै, केही क्षेत्रमा सञ्चारको पहुँच छैन।

हुम्ला – लिमीमा घाम लागे मात्र सञ्चार सेवा चल्ने गर्छ। घाम लागे मोबाइल नेटवर्क सम्पर्क हुने गरे पनि बादल लागे वा पानी परेपछि ठप्प हुने पीडा लिमीका स्थानीयले भोग्दै आएका छन्। टेलिफोन टावरका लागि सोलारबाट पावरको व्यवस्था गरिएको कारण उक्त समस्या लिमीवासीले भोग्नुपरिरहेको हो।

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पानी परेपछि सञ्चारविहीन हुने गरेको हल्जी गाउँका स्थानीय उर्गेन लामाले बताए। घाम लागेपछि मात्रै सञ्चार सम्पर्क हुने र पानी पर्नेबित्तिकै विच्छेद हुने गरेको छ।

लिमीको हल्जी, जाँङ र तील गाउँलाई लक्षित गरेर जडान भएको नेपाल टेलिकमको टावर पानी परेपछि सौर्य ऊर्जाले काम नगर्ने हुँदा सो क्षेत्र सञ्चारविहीन हुने गरेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।

अझ दिउँसो घाम लाग्ने दिन नेटवर्कले काम गरे पनि राति पावरले काम गर्न छाडेपछि सञ्चारविहीन हुने गरेको वडाध्यक्ष तामाङले बताए। लगातार वर्षा हुँदा तिल गाउँ नजिक डाँडामा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि लिमीका जनताले सञ्चार सेवाका लागि सास्ती भोग्नुपरेको वडाध्यक्ष तामाङले बताए।

यो समस्या मोबाइल नेटवर्क मात्र नभएर दुई वर्ष अगाडी स्थापना गरिएको फोर जी टावरको अवस्था पनि उस्तै छ। टेलिफोन टावरका लागि जडान गरिएका ब्याट्री पुराना भएको कारण पनि यो समस्या आएको हो।

लिमीकै तुम्लीङ, टाक्ची र लाप्चा क्षेत्र भने हालसम्म सञ्चारको पहुँच पुग्न सकेको छैन। यी क्षेत्रमा जाने जो कोहीले डेढ घण्टा पैदल हिँडेर जाङ गाउँ नजिकका स्थानमा आएर सञ्चार सम्पर्क गर्नुपर्ने अबस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?