
देश सञ्चार
२० घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ – सरकारले नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डिआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक एआइजीमा बढुवा गरेको हो।
असोज १२ गते बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो।

