
देश सञ्चार
२० घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ – जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन गरिएको छ।
जेन–जी आन्दोलनका सहिदहरूका परिवारले बिहीबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि दीप प्रज्वलन गरेका हुन्।
गत भदौ २३ गते भएको जेन–जी आन्दोलनमा सरकारले दमन गर्दा एकैदिन १९ जनाले ज्यान गुमाएका थिए। हालसम्म ७५ जनाले ज्यान गुमाइसकेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

