कुवेतलाई हराउँदै जापान सुपर सिक्समा, नेपाल र जापान भोलि खेल्ने

कुवेतलाई हराउँदै जापान सुपर सिक्समा, नेपाल र जापान भोलि खेल्ने
+
-

काठमाडौँ – आईसीसी टी-२० विश्वकपका लागि जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा जापानले कुवेतमाथि ५ विकेटको सनसनीपूर्ण जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको छ।

जितसँगै नेपाल र जापान अन्तिम खेल बाँकी हुँदै अघिल्लो चरणमा स्थान बनाउन सफल भए।

बिहीबार भएको खेलमा कुवेतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएरर १ सय ७७ रनको स्कोर बनाएको थयो। उक्त लक्ष्य जापानले ३ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक प्रदर्शन गरेको हो।

जापानको जितमा एसम रहमानले ६४ रनको इनिङ्स खेल्दा सावोरिस रविचन्द्रनले ३९ रन बनाए। त्यस्तै, इब्राहिम तककाहसीले २६ रन बनाए। थप दोहोरो स्कोरका रुपमा कप्तान केन्डल काडावकीले २८ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतका लागि अली जहिरले ४१ रन बनाउँदा यसिन पटेलले ४० रन बनाए। त्यस्तै, क्लिन्टन एन्टोले ३४ तथा मिट भावसरले २९ रन बनाउँदै प्रतिस्पर्धात्मक स्कोर बनाए पनि बलिङमा जम्न नसक्दा कुवेत पराजित भयो।

अब नेपालले शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्दै छ। यो खेलमा जित निकाल्ने टोली २ अंकसहित सुपर सिक्समा पुग्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?