एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित
+
-

काठमाडौँ – एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको छ।

पहिलो हाफ १-१ गोलको बराबरी भए पनि दोस्रो हाफमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भियतनामले २ गोल थप्न सफल भयो।

खेलको नवौं मिनेटमै भियतनामले ताइन लिन्हको गोलमार्फत नेपालविरुद्ध सुरुवाती अग्रता लिएको थियो। तर, नेपालले खेलमा फर्किँदै खेल बराबरीमा ल्यायो। नेपाललका लागि १७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमै भियतनामले दबाब बढाउँदै २५ औँ मिनेटमा गोल गरेको भए पनि उक्त गोललाई अफसाइड घोषित गरियो। सोही समयमा नेपालका प्रशिक्षक म्याट रोसले पहेंलो कार्डसमेत पाए।

पहिलो हाफमै गोल फर्काए पनि अतिरिक्त समयमा नेपाल १० खेलाडीमा समेटिँदा दोस्रो हाफमा नेपाली टोली दबाबमा परेको थियो। नेपालका लागि लकेन लिम्बु पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

दोस्रो हाफमा सुरुवातबाटै १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बढाउँदै भियतनामले ६७ र ७२ औँ मिनेटमा गोल गर्दै नेपालविरुद्ध सहज जितको बाटो तय गरेको थियो।

नेपाल भने दोस्रो हाफमा पूर्णरुपमा रक्षात्मक बन्न बाध्य भएको थियो। भियतनामका केही प्रहारलाई गोलरक्षक किरण राइले जोगाएका थिए। तर पनि नेपालको हार टार्न भने पर्याप्त भएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?