
- चलचित्र निर्देशक निश्चल बस्नेतले मेयरहरू बालेन र हर्क साम्पाङलाई विवादलाई अन्त्य गर्न एक ठाउँमा आउन आग्रह गरे।
- बालेन र हर्कबीचको आरोप्रत्यारोपका कारण विवाद चर्कदो छ, जसलाई समाधान गर्न निश्चलले सहकार्यको सुझाव दिए।
- देशको भविष्यका लागि एकअर्काको कुरा सुनिदिन र समृद्ध नेपालको योजनामा ध्यान केन्द्रित गर्न उनीहरूले जोड दिए।
चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बालेन र हर्क साम्पाङलाई एकै ठाउँमा आइदिन आग्रह गरेका छन्।
आजकाे राजनीतिमा चासाे राख्ने कलाकारहरू मध्ये कलाकार बस्नेत पनि हुन्। उनी सामाजिक सञ्जालमार्फत आफ्नाे बिचार राख्दै आइरहेका छन्। यही क्रममा उनले धरानका मेयर हर्क र काठमाडाैँका मेयर बालेनलाई एकै ठाउँ भइदिन आग्रह गरेका हुन्।
जेन-जी आन्दाेलनपछि ढलेकाे संघीय सरकार नयाँ बनेकाे अन्तरिम सरकारपछि बालेन र हर्कबिच आराेप प्रत्याराेप सुरु भएकाे थियाे। हर्कले निरन्तरजसो बालेनविरुद्ध स्टाटस लेख्दै आइरहेकाे सबैलाई थाहा छ। बालेनले त्यसको प्रत्युत्तरमा प्रेमपूर्वक एक स्टाटस लेखेका थिए।
यही पृष्टभूमिमा निश्चलले लेखेका छन्, ‘बालेनविरुद्ध फैलाइएका नकारात्मक कुराहरूको प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरूसँग। प्रमाण भए सँगै जाउँला मुद्धा दर्ता गर्न।बालेनमा देशप्रतिको माया उसको गीत शब्द र फेसबुक स्टाटसमा मात्र नखोज्नुहोला। बालेन आफू बदनाम हुन तयार छ तर देश बदनाम हुन कुनै पनि तत्वसँग मिल्दैन।देशलाई माया गर्ने तपाईं हामी बीचकै मान्छे हो बालेन। मेरो विश्वास हो बालेन ।’
त्यसपछि निश्चलले हर्क साम्पाङलाई सम्बोधन गर्दै लेख्छन्, ‘प्रिय हर्क सर, तपाईंको लागि भोट माग्ने म पनि एक हुँ। तपाईंलाई माया गर्ने म पनि एक हुँ। देशमा जेन जीले ल्याएको परिवर्तन तपाईंजस्तो देशभक्त जनसेवकले सरकार चलाउनुहुन्छ र आउने पुस्तालाई देशको फेरिएको स्वरुप देखाउनुहुनछ भनेर हो।
बिन्ती गर्छु, देश र शहीद भाइबहिनीहरू सम्झेर दुवैजना एकठाउँमा आइदिनुहोला। अरूको कुरा सुनेर आवेग हैन, एक-अर्काको कुरा सुनेर योजना बुन्नुहोस्। सुन्दर शान्त नेपालको।’
हर्क बालेन जस्ता स्वतन्त्र उम्मेदवारलाई भाेट माग्ने कलाकार निश्चल बस्नेत पनि थिए।