तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप एघार जना पक्राउ

तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप एघार जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • गत भदौमा काभ्रेपलाञ्चोकमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड, आगजनी तथा अन्य घटनामा ११ जना पुनःपक्राउ परे।
  • जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेपछि पुनः अभियुक्तहरुलाई अभद्र व्यवहार मुद्दामा पुनः पक्राउ गरियो।
  • विभिन्न अभियोगमा ३७ जना भागेका कैदीबन्दीलाई प्रहरीले काभ्रेमा पक्राउ गरी सम्बन्धित कारागार पठाएको जनाएको छ।

काभ्रेपलाञ्चोक- गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला अदालत  र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो ।

धरौटी बुझाएलगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनःअभद्र व्यबहारमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट आठ जना र प्रशासन कार्यालयबाट तीन जनालाई धरौटीमा छाड्ने आदेश भएपछि उनीहरुलाई पुनःपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र ब्यवहारमा शुक्रबार म्याद थप गरेको हो ।

पक्राउ परेका सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको जनाइएको छ । पक्राउ परेकामध्ये एकजना राजधानीमा बैँकमा भएको नगद र सुन लुटपाटमा संलग्न भएका थिए ।

यसअघि आन्दोनका क्रममा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरी सम्बन्धित कारागार पठाइएको जनाएको थियो । पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए ।

कार्यालयका अनुसारअनुसार नियन्त्रणमा लिई धुलिखेस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबरजस्ती करणीका नौ, लागुऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचविखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो ।

‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेका चार जना काठमाडौँमा मारिएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?