नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंगो लगाउन आज पनि पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंगो लगाउन आज पनि पदाधिकारी बैठक बस्दै
+
-
देशसञ्चार AI सारांश
  • यस बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डालाई अन्तिम रूप दिनेछ।
  • धारणा राख्ने नेताहरूले केन्द्रीय समिति बैठकका लागि महाधिवेशन, निर्वाचन र जेन-जी आन्दोलनलाई एजेन्डा बनाउन सुझाव दिएका छन्।
  • अधिकांश नेताहरूले कार्यसमितिको म्याद थप नगरी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (शनिबार) पनि बस्ने भएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डालाई अन्तिम रूप दिनेछ।

सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रबार बसेको बैठकमा मुख्य गरी तीनवटा एजेन्डामा छलफल भएको थियो।

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेको थियो भने शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।

अहिलेसम्म धारणा राख्ने नेताहरूले केन्द्रीय समिति बैठकका लागि निम्न तीन विषयलाई एजेन्डा बनाउन सुझाव दिएका छन्:

पार्टी अधिवेशन: शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ। अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप नगरी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।

सरकारले घोषणा गरेको निर्वाचन: सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ।

जेन-जी आन्दोलनको जड: गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको मूल कारण के हो भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने लगभग निश्चित भएको छ।

पार्टीमा अहिले नियमित र विशेष महाधिवेशनको विषयमा बहस भइरहेको सन्दर्भमा आजको बैठकले केन्द्रीय समितिका एजेन्डाहरूलाई औपचारिक टुंगो लगाएर सार्वजनिक गर्नेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?