राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा
+
-

काठमाडौँ – अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन्। यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।

देशमा पछिल्लो पटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे। र पुस्तकबार आफ्ना धारणा राखे। कार्यक्रममा हमालले आफूले पुस्तकमा बाल्यकालदेखि युवा अनि अहिलेसम्मको वयमा आइसक्दासम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको उनले बताए। ‘यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रुपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु,’ उनले भने, ‘मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसँग म यसरी खुलेको छु, सायद म त्यति त मधुसँग पनि खुलेको छैन कि?’

कार्यक्रममा अभिनेता राजेश आफ्नो अर्काे भेट नारायणगढमा हुने समेत जानकारी दिए। ‘आज काठमाडौँमा युगदेखि युगसम्मको विमोचन भयो,’ उनले भने, ‘अब अर्को भेट नारायणगढमा कात्तिक १ गते नारायणी कला मन्दिरमा हुनेछ।’

कार्यक्रममा लेखक बुद्धिसागरले पनि हमालको पुस्तकबारे चर्चा गरे। हामीले राजेश हमाललाई जसरी देखेका अनि बुझेका छौं, पुस्तकले सरल रुपमा उनको विषयमा अझ फराकिलो गरी बुझाउने उनको भनाइ छ। ‘राजधानीको एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएँ,’ उनले भने, ‘त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु। यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन्। पुस्तक पठनीय छ। अझ फराकिलो गरी उहाँलाई बुझ्न सकिन्छ।’

आफूहरुले पुस्तक लेखनका क्रममा लामो समय बिताएको लेखक यज्ञशले बताए। लेखनका लागि तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ। पुस्तक लेखनका क्रममा हमालसँगको सहकार्य विशेष रहेको पनि उनले जनाए।

राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले बताइन्। ‘राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरुले पनि त्यसैगरी नै बुझ्नुहुनेछ,’ उनले भनिन्।

हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीले बताए। पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको उनको भनाइ छ। ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो,’ उनले भने।

यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको थियो। पुस्तक विमोचनका दिन शनिबार लोकार्पणस्थलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहारस्वरुप दिइएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’