
अ
+
अ
अ
-
पाटन- नेकपा एमालको सचिवालय बैठक आइतबार बस्दै छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि हिजो शनिबार स्थगित गरिएको सचिवालय बैठक आजका लागि तय भएको हो।
बैठक बिहान ११ बजे गुन्डुमा बस्ने गरी तोकिएको छ। जसमा पार्टी पुनर्गठन र संसद पुनःस्थापनाबारे छलफल हुने जनाइएको छ।
यसअघि बैठक शुक्रबार पनि बसेको थियो। जसमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।