ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांशको घोषणा

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांशको घोषणा
+
-
देशसञ्चार AI सारांश
  • ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश वितरण गर्नेछ।
  • बैंकले ग्लोबल फाइनान्स र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ मा नेपालकै उत्कृष्ट बैंकको मान्यता प्राप्त गर्यो।
  • ३५२ शाखा, ३८४ एटिएम र १५५ शाखारहित सेवा सहित, बैंकले विश्वभर रेमिट्यान्स सेवा पनि सञ्चालन गरिरहेको छ।

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसअघि पनि सन् २०२२, २०२४ र २०२५ मा युरो मनी अवार्ड फर एक्सलेन्सबाट बेष्ट बैंकको उपाधि पाएको थियो।

सातै प्रदेश र ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।

बैंकले देशभित्र मात्र होइन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?