
अ
+
अ
अ
-
नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध फुटबलका स्वतन्त्र समर्थकहरूले आइतबार एन्फा गेटअगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्।
धर्नामा सहभागीहरूले “Football Calendarमा होइन, Ground मा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘A’ Division कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
लामो समयदेखिको विवादले नेपालको फुटबल अहिले अन्यौलग्रस्ट अवस्थामा गुज्रिरहेको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी