माओवादीसँग एकता नगरी चुनावका लागि वामपन्थी मोर्चा बनाऔँ : झलनाथ खनाल

माओवादीसँग एकता नगरी चुनावका लागि वामपन्थी मोर्चा बनाऔँ : झलनाथ खनाल
+
-
देशसञ्चार AI सारांश
  • झलनाथ खनालले माओवादीसँग पार्टी एकता अहिले उपयुक्त नभएको भन्दै त्यसको विपक्षमा आफ्नो धारणा व्यक्त गरेका छन्।
  • खनालले वामपन्थी दलको मोर्चा बनाएर चुनावमा जानु उपयुक्त हुने प्रस्ताव अघि सारेका छन्।
  • एकीकृत समाजवादीमा माओवादीसँगको एकता विवादित विषय बनेको छ, जसमा अध्यक्ष नेपाल र खनालबीच मतभिन्नता छ।

काठमाडौँ – एकीकृत समाजवादीका सम्मानित नेता झलनाख खनालले माओवादी केन्द्रसँग पार्टी एकता गर्न नहुने धारणा सर्वाजनिक गरेका छन्।

माओवादीसँगको एकताका लागि उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएर छलफल भइरहेका बेला खनाल भने त्यसको विपक्षमा उभिएका हुन्। उनले अहिल पार्टी एकताका लागि उपयुक्त मौसम नभएको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएर दिल्लीमा श्रीमती उपचार गराइरहेका खनालले विज्ञप्ति जारी गर्दै पार्टी एकताले भड्खालोमा परिने उल्लेख गरे। उनले भनेका छन्, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिंड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौं।’

खनालले माओवादीसँगको एकता भन्दा पनि चुनावका लागि वामपन्थी दलहरुको मोर्चा बनाएर चुनाव जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

‘सकेसम्म सबै कान्तिकारी कम्युनिष्ट, बामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं। एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौ र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि वढी । मेरो विचारमा आजको सहि मार्ग यहि हो, खनालले अगाडि भनेका छन्, ‘कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौ। सिगो पार्टीलाई एकतावद्ध बनाएर पुरगंठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ।’

एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा अध्यक्ष नेपाल र खनाल पक्षबीच मतभिन्नता देखिँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?