वायुसेवा निगममा भएको अनियमितता छानबिन गर्न जेन–जीको माग

वायुसेवा निगममा भएको अनियमितता छानबिन गर्न जेन–जीको माग
+
-

काठमाडौँ – जेन–जी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न माग गरेको छ।

जेन–जी समूहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर उक्त माग गरेको हो।

जेन–जी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए।

उनले वाइडबडी र लाउडा एयर घोटालाको छानबिन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए। अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेकोसमेत उनले बताए।

साथै करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए। निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेन–जी समूहको माग छ। आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरे। जेन–जीले उठाएका वाइडवडी र लाउडालगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए।

उनले जहाज खरिदमा मात्रै नभएर बिक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए। जहाज बिक्री गर्दा ग्राउण्डेड गराएर मात्रै बिक्री गर्ने गरिएको उनको भनाइ छ। उनले निगमको अनियमितताको छानबिनमा कर्मचारीहरुले छानबिन समितिलाई सहयोग गरेको पनि बताए।

जेन–जी समूहले सबै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन्। निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?