
काठमाडौँ – भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगले क्षतिको विवरण बुझाउन आह्वान गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार क्षतिको विवरण पेश गर्न निर्देशन दिएको हो।
आयोगले संघ संस्था, राजनीतिक दल वा व्यक्तिका क्षति भएको सम्पत्तिको विवरण बुझाउन भनेको प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए।
आयोगले भनेको छ, ‘प्रर्दशनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना sept8and9incident.ic@gmail.com मा पठाउन हुन साथै घटनालाई पुष्ट्याइ गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन अनुरोध गरिन्छ।’