स्वर्ण विजेता एरिका गुरुङ सम्मानित

स्वर्ण विजेता एरिका गुरुङ सम्मानित
+
-

काठमाडौँ – नेपाल प्रहरी श्रीमती सङ्घले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई आज नगदसहित सम्मान गरेको छ।

सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई रु २५ हजार ५५५ सहित सम्मान गरेको हो।

सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिन्। सोही अवसरमा सङ्घले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो।

एरिका नेपाल पुलिस क्लबमा आवद्ध छिन्। उनले यही असोज १७ देखि १९ गतेसम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

उनले कुमितेतर्फ ६८ किलो माथिको तौलमा स्वर्ण जितेकी थिइन्। एरिका ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन्।

सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन्। कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?