गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल प्रस्थान गरे ट्रम्प, बन्धक आज रिहाइ हुँदै

गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल प्रस्थान गरे ट्रम्प, बन्धक आज रिहाइ हुँदै
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा युद्धको समाप्तिको घोषणा गर्दै एयरफोर्स वानबाट इजरायल प्रस्थान गरेका छन्।
  • हमाससँगको सम्झौतामा प्यालेस्टिनी कैदीको रिहाइसँगै इजरायल–इजिप्ट वार्ता गर्ने ट्रम्पको कार्यतालिका छ।
  • इजरायलले मानवीय सहायता पठाउन अनुमति दिएपछि संयुक्त राष्ट्रसंघले यसलाई महत्वपूर्ण सुरुवात मानेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गरेका छन्। उनले युद्ध अन्त भएको घोषणा गर्दै बन्धकहरु रिहाइ हुन लाग्दा उनी इजरायल तर्फ प्रस्थान गरेका छन्। उनले ‘एयरफोर्स वान’ मा प्रवेश गर्नु अघि भने ‘अब युद्धविराम निरन्तर हुने छ। गाजामा चाँडै ‘शान्ति बोर्ड’ स्थापना गरिने छ।’

एयरफोर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो। यसै विमानमार्फत उनी यात्रा गर्ने गर्छन्। हमाससँग इजरायली बन्धक मुक्त गर्नका लागि आज स्थानीय समय अनुसार दिउँसो १२ बजे सम्मको समय सिमा दिएको छ। ट्रम्प इजरायल बाट इजिप्ट जाने छन्। त्यहाँ उनले गाजाका विषयमा विभिन्न देशका प्रतिनिधिहरुसँग वार्ता गर्ने कार्यतालिका रहेको छ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत, इजरायलमा रहेका झण्डै २,००० जना प्यालेस्टिनी कैदी र बन्दीहरूलाई पनि मुक्त गरिने छ। ट्रम्पले इजरायलको संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा बन्धकका परिवारहरूसँग भेट्ने योजना बनाएका छन्। त्यसपछि उनी गाजाको भविष्यबारे हुने सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सँगै उनीपनि इजिप्ट पुग्ने छन्।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले थप सहायता सामग्री पठाउने अनुमति दिएको छ, जसको मात्रा हालसम्म १,९०,००० मेट्रिक टन पुगेको छ। संयुक्त राष्ट्रसंघले यसलाई ‘महत्त्वपूर्ण आपूर्तिको सुरुवात’ मानेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?