असोज ३१ गते जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

असोज ३१ गते जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरिव्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन जेनेभा जाने भएका छन्।
  • दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी संघीय संसदको नेतृत्व गर्दै जेनेभा जाने बारे जानकारी गराए।
  • यो वर्षको मञ्चको थिम मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा कार्यलाई समर्थन गर्ने रहेको छ।

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन्।

अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन्।

आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । उनले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको बताए ।

उनले भने, ‘यो नियमित जस्तै पनि हो । मैले दुई,तीन पटक भेटिसकेको छु । १७ तारिकको (यसको ३१ गते) म जेनेभा जाँदैछु । अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरु यसरी सोचेका छु भनेर मौखिक रुपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’

आफूले अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?