विश्वकप छनोट: कतारलाई हराएर थप सुरक्षित हुन चाहन्छ नेपाल

विश्वकप छनोट: कतारलाई हराएर थप सुरक्षित हुन चाहन्छ नेपाल
+
-

काठमाडौँ – विश्वकप छनोटका लागि ओमानमा रहेको नेपालले आज कतारको सामना गर्दै छ।

आइसिसी टी-२० विश्वकपका लागि एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईमाथि १ रनको रोमाञ्चक जित निकाल्दै लगातार दोस्रो पटक विश्वकप पुग्नका लागि बलियो दाबेदारी कायम राखेको थियो।

अब नेपाल कतारलाई हराएर थप सुरक्षित हुन चाहन्छ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

नेपाल विश्वकपमा लगातार दोस्रो र समग्रमा तेस्रो पटक स्थान बनाउने प्रयासमा रहेको छ। गतिलो अलराउन्ड प्रदर्शन गरिरहेको नेपाललाई ‘अन्डर डग’को छवि बनाएको कतारविरुद्ध महत्वकांक्षीभन्दा पनि संयमित भएर खेल्नुपर्ने चुनौती रहनेछ।

नेपाल सुपर सिक्सको अंकतालिकामा ४ अंकसहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको पनि समान ४ अंक नै रहेको छ। सुपर सिक्समा कतारले ओमानसँगको पहिलो खेल हारेकाले विश्वकप छनोट सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब उसलाई रहेको छ।

समूह चरणमा कतार युएईसँग ७ विकेटले पराजित भएको थियो। अर्को खेलमा मलेसियालाई ८ विकेटले हराएर सुपर सिक्सको यात्रा तय गरेको थियो। तर, सुपर सिक्समा कतार ओमानसँग ३४ रनले पराजित भएर अंकविहीन रहेको छ।

नेपालले भने समूह चरणमा जापानलाई हराएर २ अङ्कसहित सुपर सिक्स पुगेको थियो। यस्तोमा युएईसँग रोमाञ्चक जितसहित अपराजित रहेर दाबेदारी प्रस्तुत गरिरहेको छ।

अहिलेसम्म नेपाल र कतारबीच ३ पटक टी-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले २ खेल जित निकाल्दा अर्को एक खेलमा हार भोगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?