राउटे बस्ती असुरक्षित भएको गुनासो

राउटे बस्ती असुरक्षित भएको गुनासो
+
-
देशसञ्चार AI सारांश
  • राउटे बस्तीमा बाहिरका मानिसको मदिरा सेवनपछि प्रवेशले समुदायमा असुरक्षा बढेको गुनासो आएको छ।
  • बाहिरी व्यक्तिको प्रवेशले राउटे महिलाहरू, बालबालिकाहरूमा त्रासको भावना थपिँदै गएको बताइएको छ।
  • राउटेहरूलाई भत्ता वितरणपछि मदिराको लत बढेको भन्दै नगदको सट्टा चामल उपलब्ध गराउनुपर्ने आवाज उठेको छ।

हुम्ला – सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेमा रहेको राउटे बस्तीलाई असुरक्षित भएको गुनासो आउन थालेको छ। उक्त बस्तीमा बाहिरका मानिस मदिरा सेवन गरी आउन थालेपछि उनीहरूले असुरक्षा महसुस गरेका हुन्।

राउटे बस्तीमा मदिरा सेवन गरी आएर होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ। शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए।

बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर गत शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए। यो एउटा प्रतिनिधि घटना मात्र हो। राउटे समुदाय बस्तीनजिकै अन्य समुदायको बस्ती पनि बस्न थालेपछि उनीहरूले असुरक्षित रहेको बताउने गरेका छन्।

अन्य समुदायका मानिस विभिन्न बहानामा राउटे बस्तीमा प्रवेश गर्न थालेपछि असुरक्षा बढ्न थालेको राउटे समुदायका व्यक्ति बताउँछन्। राउटे समुदायका युवक दीपक शाहीले नयाँ नयाँ मानिस राउटे समुदायको बस्तीभित्र आउन थाल्दा आफूहरूलाई समस्या पर्ने गरेको बताए।

उनले अन्य मानिस प्रवेश गर्दा अब सुरक्षाको आवश्यकता पर्न थालेको उल्लेख समेत गरे। राउटे महिला, बालबालिका नयाँ मानिसबाट थप त्रसित हुन थालेको उनको भनाइ छ। पछिल्लो समय राउटे समुदायमाथि टिकटक बनाउने, भिडियो खिच्ने चलन बढेको हुँदा राउटेको गोपनीयता पनि सार्वजनिक हुन थालेको र त्यसले असुरक्षा बढ्न थालेको हो।

यता, दसैँमा भत्ता नपाएका राउटेले अहिले भत्ता पाएका छन्। दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएका कारण उनीहरूलाई गाउँपालिकाले राउटे बस्दै आएको सुर्खेतको लेकबेँसी नगरपालिकाको चौरासेमा पुगेर भत्ता वितरण गरेको हो। भत्ता पाएपछि हात हातमा नगद बुझेका राउटेहरू मदिराको लतमा फसेका छन्।

पछिल्लो समय राउटेलाई नगदको सट्टा चामल तथा जिन्सी सामान उपलब्ध गराउनुपर्ने आवाज उठेको छ। मदिराको लतका कारण उनीहरूमा सुरक्षा चुनौती बढेको बताइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’