‘अन्तरिम सरकार संविधानसम्मत नभए पनि आवश्यकताको सिद्धान्तमा बनेकाे हाे’

‘अन्तरिम सरकार संविधानसम्मत नभए पनि आवश्यकताको सिद्धान्तमा बनेकाे हाे’
+
-
देशसञ्चार AI सारांश
  • अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार संविधान सम्मत नभए पनि आवश्यकताको सिद्धान्तमा निर्माण भएकाले उचित भने।
  • उनले वर्तमान सरकारले चुनाव गराउने जिम्मेवारी पुरा नगरेकोमा चिन्ता व्यक्त गर्दै दलहरूसँग संवाद आवश्यक ठहर गरे।
  • यादवले जनसंख्याको आधारमा संसदको प्रतिनिधित्व र संसदको भूमिका मात्रै कानून बनाउने र बजेट ल्याउने हुनुपर्ने बताए।

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार संविधान सम्मत नभए पनि आवश्यकताको सिद्धान्तमा निर्माण भएकाले ठीक भएको बताएका छन्।

सोमबार जनकपुरधाममा जसपा नेपाल मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष यादवले यो सरकार संविधान अनुकुल नभए पनि आवश्यकताको आधारमा निर्माण भएको बताए।

‘मलाई थाहा छ यो सरकार संविधानको अनुकुल छैन्। संसदको विघटन पनि संविधानको अनुकूल छैन। फेरी यो कसरी गरियो रु यसको एउटा सिद्धान्त हुन्छ, आवश्यकताको सिद्धान्तको आधारमा’, उनले भने।

अध्यक्ष यादवले वर्तमान अन्तरिम सरकारको मुख्य दायित्व चुनाव गराउने रहेकोमा सरकार अहिलेसम्म राजनीतिक दलसँग छलफल समेत गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।

‘यो सरकारको ६ महिनाको अवधि र निर्वाचन गराउने समय दिइएको छ। निर्वाचनको दायित्व सहित यो सरकार बनेको छ। एक महिनाभन्दा बढी बितिसकिकेको छ तर यो सरकारले कुनै पनि राजनीतिक दलसँग संवाद गर्ने स्थितिमा समेत पुगेको छैन्। राजनीतिक दलसँग संवाद नगरिकन, राजनीतिक दलको निर्वाचनको लागि तयार गरे बिना कसरी चुनाव हुन्छ ?’ उनले अगाडि भने, ‘यदि राजनीतिक दलले भाग नलिए चुनाव सम्भव छैन्। यदि चुनाव जबरजस्ती भइहालेपनि यो राजा ज्ञानेन्द्रको चुनावभन्दा बढेर हुँदैन्। अहिलेसम्म चुनावको वातावरण छैन्। मानिसबीच अस्थिरता, द्विविधा र भयको मानसिकता अहिले पनि छ।’

अध्यक्ष यादवले जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व हुनुपर्ने बताए। लोकतन्त्रको मूल आधार नै जनसंख्याको आधारमा सबै ठाउँमा भागिदारी हुनुपर्ने र यसका लागि लड्नुपर्ने उनले बताए।

यादवले वर्तमान संसदीय निर्वाचन प्रणाली धेरै देशमा राम्रो भएपनि नेपालमा असफल भइसकेको बताए। उनले संविधानको पूनर्लेखन गरेर यसमा जनताको द्वारा निर्वाचित कार्यकारिणी राष्ट्रपति र राष्ट्रपतिले विज्ञहरुलाई लिएर सरकार बनाउने तथा संसदको काम कानून बनाउने बजेट ल्याउनुपर्ने मात्र हुनुपर्ने बताए।

अध्यक्ष यादवले भने, ‘प्रदेशमा पनि संसदमा सरकार बनाउने कुरा हुन्छ, त्यहाँ सांसद खरिद विक्री हुने गरेको छ।’ यादवले देशमा यस्तो हालत कांग्रेसकै कारण भएको आरोप लगाए।

उनले भने, ‘जो ८ कक्षा फेल हुन्छ उ अर्थमनत्री हुन्छ। जसलाई कानूनको क थाहा हुँदैन ऊ कानुन मन्त्री हुन्छ। जसलाई कृषिको केही थाहा हुँदैन ऊ कृषि मन्त्री हुन्छ। जसलाई चिया पसल चलाउने ज्ञान हुँदैन उ उद्योग मन्त्रि हुन्छ अनि कसरी देश चल्छ। अनि देश त बर्बाद नै हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?