हराउँदै धान कुट्ने ओखल

हराउँदै धान कुट्ने ओखल
+
-

जुम्ला – आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ। यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन् ।

तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका स्थानीयवासी राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र हैन जाँतो पनि गाउँघरमा विरलै पाइने गरेको बताइन्।

यहाँको नुवाकोट गाउँमा नौ गाउँका स्थानीयको धान कुट्ने ओखल छ, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन्।

उनले भनिन्, ‘आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ। हाल मिलमै कुटानीपिसानी हुने गरेको छ। समयको बचत हुने भएकाले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो।’

पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो। ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तीला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए।

उनी भन्छन्,’पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ। अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ। आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सीप, प्रविधि र ज्ञान भने सङ्कटमा छन्। तिनको संरक्षण गर्न पालिका लागिपरेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?