लहलह धान झुल्न थाले (तस्बिरहरू)

लहलह धान झुल्न थाले (तस्बिरहरू)
+
-

पोखरा – कास्कीका फाँट र टारी खेतहरुमा यतिबेला लहलह धान झुल्न थालेको छ। सिँचाइको व्यवस्था भएका फाँटहरुमा छिटफुट रुपमा धान पाकेपछि किसान काट्ने तयारीमा छन्।

टारी खेतहरुमा भने धानका बाला लहलह झुल्न थालेका हुन्। मौसम नबिग्रेको अवस्थामा तिहारपछि ग्रामिण क्षेत्रमा धान पाकेर पहेंलपुर हुनेछ।

लहलह धानको बाला झुलेर पहेंला हुन थाल्दा फाँट निकै आकर्षक देखिन थालेका छन्।

फेवा, लेखनाथ र हेमजा कास्कीका ठूलो फाँट हुन्। तर, यी फाँटरुमा धानभन्दा बढी घर ठडिएका छन्।

कास्कीमा जेठोबूढो, खुमल, राधा–७,  राधा–९, सावित्री, मनसुली, पहेंले जस्ता धान धेरै किसानले रोप्छन्।  घैयाँ, कालो झिनुवा, माला, विमरफुल, कालो अनदीलगायतका रैथाने प्रजातिहरु भने लोप भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?