अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग

अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
+
-
देशसञ्चार AI सारांश
  • इलाम–राजदुवाली सडक अवरुद्ध हुँदा तयार गरिएको तिल्केनी–सिमलगोला वैकल्पिक सडक दस दिनसम्म सञ्चालनमा आइनसक्दा सास्ती भएको छ।
  • अस्थायी डाइभर्सन निर्माण प्रयास खहरेमा उच्च पानी र ह्युमपाइप अभावका कारण सफल हुन सकेको छैन।
  • वर्षाको पहिरोले इलाम र छिमेकी जिल्लाहरू झापाबीचको सडक सञ्जाल विच्छेद गरी यात्रुहरूको आवागमन कठिन बनाएको छ।

फिक्कल (इलाम)- मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पको रूपमा तयार गरिएको तिल्केनी–सिमलगोला सडक अझै सञ्चालनमा आएको छैन। दश दिन बितिसक्दा पनि वैकल्पिक सडक सञ्चालन हुन नसक्दा यात्रु र यातायात व्यवसायीहरूलाई सास्ती परेको छ।

सडकखण्डअन्तर्गत माइजोगमाई–४ नामसालिङ र इलाम–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ। तर खोलामा पानीको बहाव उच्च रहनु र आवश्यक ह्युमपाइपको अभावले तत्काल सञ्चालनमा ल्याउन सकिएको छैन, सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पाँचथरबाट ह्युमपाइप मङ्गलबारसम्म आइपुग्ने व्यवस्था छ र हाल चारवटा स्काभेटर परिचालन गरी डाइभर्सन निर्माणको काम भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय इलामले स्थलगत निरीक्षणपछि वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रजिअ नेपालका अनुसार प्राविधिक पक्षले सडक डिभिजनमार्फत काम गरिरहेको छ र प्रशासन समन्वयमा छ।

गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडक अवरुद्ध भएको हो। वैकल्पिक सडकको रूपमा तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने मार्ग प्रमुख विकल्प मानिएको छ।

आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। ठूला र मालवाहक सवारीको लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन। तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ रहेको छ।

वर्षासँगै आएको पहिरोले विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको छ। अवरुद्ध सडकका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?