जुम्लाबाट साँढे चार हजार मेट्रिकटन भन्दा बढी स्याउ निकासी

जुम्लाबाट साँढे चार हजार मेट्रिकटन भन्दा बढी स्याउ निकासी
+
-
देशसञ्चार AI सारांश
  • चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि जुम्लाबाट निकासी भएको छ।
  • जुम्लाका २४ हजार ८३८ घरधुरीमध्ये ७०.५ प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न भई प्रतिकिलो ७५ रुपियाँमा बिक्री गर्छन्।
  • यो वर्ष जुम्लामा १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ, जुन विगत दुई वर्षको तुलनामा न्यून हो।

हुम्ला- जुम्ला जिल्लाबाट चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा ४ हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि निकासी भएको छ।

यो स्याउ देशका विभिन्न शहरका साथै छिमेकी भारतमा समेत पठाइएको हो। कृषि विकास कार्यालय जुम्लाका अनुसार यो निकासीबाट जिल्लाले करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी गरेको छ।

किसानहरूले गाला, किङरेड, फुजीलगायत उन्नत जातका स्याउ उत्पादन गरेका छन्, जसमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन जात पनि समावेश छन्। ग्रामीण भेगका स्याउ र फुजी स्याउ अझै पनि बाहिरी जिल्ला पठाउने काम भइरहेको र यसको यकिन तथ्याङ्क मङ्सिरको दोस्रो सातासम्म आउने अनुमान छ।

पछिल्लो समय जुम्लामा स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको छ। जिल्लाका कुल २४ हजार ८३८ घरधुरीमध्ये ७०.५ प्रतिशत अर्थात् १९ हजार २५८ घरपरिवार स्याउ खेतीमा संलग्न छन्।

स्याउ व्यापारी जनक रावतका अनुसार किसानले आफ्नो बगैँचामै प्रतिकिलो ७५ रुपियाँ मूल्यमा स्याउ बिक्री गरेका छन्। यसरी स्याउ खेतीमा संलग्न प्रत्येक परिवारले एक सिजनमा कम्तीमा ४५ हजारदेखि बढीमा १ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्।

यद्यपि, कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ। जुम्लामा यस वर्ष १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ, जुन विगत दुई वर्षयताकै कम हो।

जिल्लामा कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर भए पनि चालू आवमा स्याउ खेती गरिएको क्षेत्रफल बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ, तर स्याउ भने २ हजार १२५ हेक्टरमा मात्र फलेको जनाइएको छ।

यहाँ उत्पादित स्याउ मुख्यतया सुर्खेत, नेपालगन्ज, दाङ र काठमाडौँ लगायतका शहरमा पठाउने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?