निर्मलराज पौडेलको “झिलिमिली तिहारलाई” गीत सार्वजनिक

निर्मलराज पौडेलको “झिलिमिली तिहारलाई” गीत सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहारलाई” गीतमा समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलका स्वर छन्।
  • गीतले यमपञ्चकको पाँच दिनका कर्महरू र तिहार मनाउने शैली, परम्परा र सामाजिक पक्षलाई समेटेको छ।
  • पौडेलले तिहारको हराउँदै गएको रौनक पुनर्जीवित गर्न सन्ततिलाई परम्परा र संस्कृति बुझाउने उद्देश्य राखेका छन्।

काठमाडौँ- तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् ।

यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहारलाई” नामक तिहारगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलले स्वर दिएका छन् ।

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगीत दिएका छन्।

गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”

गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरू कागपूजा, कुकुर पूजा, लक्ष्मीपूजा , गाई-गोरु प”जा र भाइ पूजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरूले तिहारमनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दसैँ गीत पनि सार्बजनिक भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?