बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली गाउँ-गाउँमा

बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली गाउँ-गाउँमा
+
-
देशसञ्चार AI सारांश
  • स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूले गाउँ-गाउँमा पुगेर नियमित घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै निःशुल्क सेवाहरू प्रदान गर्छन्।
  • शिविरमा नसर्ने रोगको स्क्रिनिङदेखि औषधी वितरणसम्मका सेवाहरू गाउँमै निःशुल्क प्रदान गरिन्छ।
  • टाढा रहेका वस्तीमा स्वास्थ्य सेवा पुर्याउँदा स्थानीयले गाउँमै सिंहदरबार आएको महसुश गरिरहेका छन्।

पोखरा- मादी गाउँपालिका- ७ मा बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली गाउँ-गाउँमा पुगेर स्वाथ्य परीक्षण गर्दै आइरहेका छन् । वडा कार्यालय र मादी आधारभूत अस्पतालले गाउँ-गाउँमा पुगेर स्वास्थ्य सेवा दिने गरेको हो ।

हरेक तीन महिनामा अस्पताल आउन टाढा पर्ने गाउँमा पुगेर घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिन्छ । मादी गाउँपालिका- ७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले दुई बर्षदेखि गाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

शिविरमा नसर्ने रोगको स्क्रिनिङ, पाठेघरको मुखको भिआइए परीक्षण ‘ज्येष्ठ नागरिकसँग जनप्रतिनिधिको भेटघाट’ लगायत कार्यक्रम हुने गर्दछ । स्वास्थ्य संस्थाबाट टाढा रहेको गाउँमा शिविर चलाइरहेको वडाध्यक्ष गुरुङ भन्छन्, ‘जनता सेवा खोज्दै आउने होइन कि हामी जनता खोज्दै गाउँमा पुग्नुपर्छ ।’ स्वास्थ्य संस्थाबाट टाढा रहेका गाउँ तल्लो छाचोक, सवि, ज्याम्दु, थाक र महाघारी गाउँमा शिविर चलाउने उनको भनाइ छ ।

वडाध्यक्ष गुरुङ जनताको स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् । नागरिक स्वस्थ भएमा भौतिक पूर्वाधार विकासको अर्थ रहने उनको तर्क छ ।

घुम्ती शिविरमा मादी आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर विनोद बरालको टिम औषधी उपकरणसहित गाउँमा पुगेर स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गर्छन् । रगत, पिसाब, खकारसँगै रक्तचापको परीक्षणसँगै नि:शुल्क औषधी वितरण पनि हुन्छ ।

शिविरमा सम्भव नहुने रोगको उपचार गराउन छाचोकमा रहेको आधारभूत अस्पताल बोलाइन्छ । त्यहाँ पनि सम्भव नभए पोखराका अस्पताल जान सुझाव दिने गरिन्छ ।

शिविरसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, अपांगता र अशक्त व्यक्तिको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने अस्पतालका मेडिकल अधिकृत डा. बरालले बताए । टाढाका बस्तीमा स्वास्थ्य सचेतनको कमी हुने कारण अस्पतालसम्म पनि नआउने भएकाले गाउँमै शिविर सञ्चालन गरेको उनको भनाइ छ ।

गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा स्थानीय दंग छन् । न हिँडेर अस्पताल धाउनुपर्ने न त सवारी भाडा जोहो गर्नुपर्ने उनीहरुलाई साँच्चिकै गाउँमा सिंहदरबार आएको महसुश भएको छ ।

थाकगाउँकी तोकमाया परियार भन्छिन्, ‘एकदम खुशी छौं हजुर । बिरामले कति चापेको हुन्छ बाटे खर्च पाइँदैन । अस्पताल जाम भने भनेको बेलामा पैसा हुँदैन । गाउँमै चेक हुँदा त असाध्यै सजिलो भएको छ हजुर ।’

सोमबार वडा कार्यालय र आधारभूत अस्पतालले थाकगाउँमा शिविर चलाएको थियो । त्यहाँका ज्येष्ठ नागरिक, अपांगता र अशक्त भएका बढी लाभन्वित भए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’