मुख्यमन्त्री सिंहको विश्वासको मतमा तटस्थ बस्ने जसपा नेपाल, माओवादी र नेकपा एसको निर्णय

मुख्यमन्त्री सिंहको विश्वासको मतमा तटस्थ बस्ने जसपा नेपाल, माओवादी र नेकपा एसको निर्णय
+
-
देशसञ्चार AI सारांश
  • जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादी मुख्यमन्त्री सिंहको विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेका छन्।
  • मुख्यमन्त्री सिंहलाई समर्थन फिर्ता लिनु अघि विपक्षमा रहेका दलहरुले विश्वासको मतमा भाग नलिने माओवादी केन्द्रका युवराज भट्टराईले जानकारी दिए।
  • मुख्यमन्त्री सिंहका लागि दिनको १ बजे बैठक बोलाइएको भएता पनि बैठक सुरु हुन अझ बाँकी छ।

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिन लागेकोमा तीन दल तटस्थ बस्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री सिंहलाई दिएको समर्थन सबै दलले फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेकोमा पहिला देखिनै विपक्षमा बस्दै आएका तीन दलले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभई तटस्थ बस्ने माओवादी केन्द्रका युवराज भट्टराईले बताए ।
यस्तै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले आफूहरु पक्ष वा विपक्षमा नभई तटस्थ बस्ने बताए ।

जसपा नेपालबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले सनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि २०८१ जेठ २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेपछि उनी मुख्यमन्त्रीमा सिंह नियुक्त भएका थिए तर उनले प्रतिनिधित्व गर्ने दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन थालेका हुन् ।

विश्वासको मतका लागि दिउँसो १ बजे बैठक बोलाइएको भएतापनि अहिले बैठक सुरु भएको छैन । मुख्यमन्त्री सिंह विश्वासको मत लिन प्रदेशसभामा आइसकेका छन् भने प्रदेशसभा सदस्यहरुको आउने क्रम जारी रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?