
काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक भएका छन्।
जनजी प्रदर्शनकारीहरुको कुटपिटबाट गम्भीर घाइते भएका उनी पार्टी केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन्।
बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुने गरी कुटपिट गरेका थिए। त्यसपछि उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका हुन्।
आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन्।
बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन्।