
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति शेरबहादुर देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक तोकेको बताएका हुन्।
देउवा जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन्।
बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुने गरी कुटपिट गरेका थिए। त्यसपछि उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका हुन्।
आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन्।