
दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो।
दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो। अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।