भियतनामसँग पराजित भएसँगै एसियन कप छनोटबाट बाहिरियो नेपाल

भियतनामसँग पराजित भएसँगै एसियन कप छनोटबाट बाहिरियो नेपाल
+
-

काठमाडौँ – एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। घरेलु मैदानमा हुनुपर्ने यो खेल नेपालले भियतनामकै मैदानमा प्रतिस्पर्धा गरेको थियो। एसियन कप छनोटमा नेपाल लगातर चौथो हारसँगै छनोट सम्भावनाको औपचारिक अन्त्य भएको छ।

नेपाल खेलको पाँचौं मिनेटमा नै खेलमा पछि पर्‍यो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोलमा भियतनामले अग्रता लियो। जुन गोल नै निर्णायक बन्यो। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा डिफ्लेक्ट भएर आफ्नै पोस्टमा गोलमा परिणत हुन पुगेको थियो।

नेपालविरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो। तर पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर बनाउन सकेन। नेपालले पनि ८५ औँ मिनेटमा गोल गर्ने मौका गुमाउँदा सम्भावित बराबरीको मौका चुकायो। जितसँगै भियतनामले महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।

आजको खेल भारी वर्षाको कारण आधा घन्टा ढिला सुरू भएको थियो। आज नेपालका रोहित चन्दले १ सयौँ अन्तर्राष्ट्रिय खेल खेले।

नेपाल पहिलो लेगमा ३-१ ले हारेको थियो। नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो।

ग्रुप ‘एफ’ मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ। भियतनाम ९ अंकसहित दोस्रो स्थानमा रहँदा लाओसको ३ अंक रहेको छ। नेपाल भने अंकविहीन रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष