कोशी प्रदेश खेलकुद विकास बोर्ड पदाधिकारीविहीन, अब कसले पाउला भाग?

कोशी प्रदेश खेलकुद विकास बोर्ड पदाधिकारीविहीन, अब कसले पाउला भाग?
+
-
देशसञ्चार AI सारांश
  • असोज २४ पछि कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्यसचिव र उपाध्यक्षविहीन भए, नयाँ नियुक्तिका लागि चलखेल जारी छ।
  • कांग्रेस समर्थित लोकतान्त्रिक खेलकुद संघले सभापति उद्धव थापासँग सदस्यसचिवका लागि चर्चा गरेको छ।
  • नयाँ नियमले सदस्यसचिवउमेर ३५-६० वर्ष र १० वर्षको खेल अनुभव आवश्यक छ, शैक्षिक योग्यता हटाएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्ड यतिबेला पदाधिकारीविहीन अवस्थामा रहेको छ। असोज २४ गते सदस्यसचिव कृष्ण बस्नेतसहित उपाध्यक्ष विन्दिया कार्की र सदस्यहरुको कार्यकाल सकिएपछि बोर्ड पदाधिकारीविहीन भएको हो।

रिक्त रहेको सदस्यसचिवसहित पदाधिकारीविहीन बोर्डमा नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ । राजनीतिक भागवण्डामा निर्धारण हुने बोर्डको पदाधिकारीमा उपाध्यक्षसहित सदस्यसचिव, र सदस्यका लागि मन्त्रीदेखि पूर्वमुख्यमन्त्री समेत लागेका छन्। यसअघि, प्रदेश सरकार गठन भएसंगै २०७८ साल असोज २५ गते बस्नेत नेकपा एमालेतर्फबाट सदस्यसचिवमा थिए । उनको सो कार्यकाल लामोसमय अघि बढ्न सकेन।

राजनीतिक फेरबदलसंगै बस्नेत सोही वर्ष चैत २१ गते पदबाट विमुख भए । त्यसबेला, एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री भएका राजेन्द्र राईले
वाग्लेलाई सदस्यसचिवमा भित्राएका थिए । विभिन्न विवादसँगै वाग्ले २०८० बैशाखमा पदबाट बाहिरिए । त्यसपछि, भागवण्डाका क्रममा सरकारको नेतृत्व लिँदै आएको एमालेले सदस्यसचिव र कांग्रेसले उपाध्यक्षमा चित्त बुझाउँदै आएको छ। यसपटक भने कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका पदाधिकारीसहितको टोलीले प्रदेशका पार्टी सभापति तथा संसदीय दलका नेता उद्धव थापासँग छलफल समेत गरेको छ। सो क्रममा संघले सभापति थापालाई सदस्यसचिव आफ्नो पक्षमा लिनुपर्नेमा जोड दिएको लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रञ्जन थापाले जानकारी दिए। उनका अनुसार भागवण्डाको राजनीतिमा यसपटक सदस्यसचिव कांग्रेसले पाउनुपर्ने अवस्था हो। पार्टीका प्रदेश सभापति थापाले भने पार्टीको केन्द्रीय बैठक र तिहारपछि यस विषयमा छलफल गर्ने बताएको केन्द्रीय सदस्य थापाको भनाइ छ।

अर्कोतर्फ, नेकपा एमालेबाट सदस्यसचिवका लागि सुनसरीका विप्लव घोष, मोरङबाट मुकेश बुढाथोकी, रविन थापा, सन्तोष वान्तवा लगायतको नाम चर्चामा रहेको छ। युवा नेता बुढाथोकीका अनुसार पार्टीले जिम्मेवारी दिँदा आफू पछि नहट्ने बताउँछन्। करातेसँग निकटता राखेका बुढाथोकी भन्छन्, ‘अब पार्टीको कुरा होला। जिम्मेवारी दिँदा खेलकुदका लागि काम गर्न सक्छु। नम्स र प्रक्रिया बुझेको छु। तरपनि केहीदिन दृष्य सफा नहुञ्जेल पर्खनुको विकल्प छैन।’

अर्कोतर्फ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष रहिसकेका सुनसरीका घोषका लागि निवर्तमान सदस्यसचिव बस्नेतदेखि आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीसमेत लबिङमा रहेको खेलकुदकर्मीको भनाइ छ। यद्यपि, तिहार अगावै बोर्ड पदाधिकारीहरुको टुंगो लाग्ने देखिएको छैन।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका अनुुसार बोर्डको विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन। बाहिर भएको हल्लामा धेरै ध्यान नगएको बताउँदै सचिवालयले सामाजिक विकास मन्त्रालयमा केही छलफल भए त्यसबारे कुनै जानकारी नभएको प्रस्टाएको छ । सचिवालयका अनुसार तिहार अगावै कुनै ठोस निर्णय होला जस्तो देखिएन ।

त्यसैगरी सत्ताबाहिर रहेको नेकपा माओवादी केन्द्रपनि मौका आए अवसर नछाड्ने रणनीतिमा रहेको छ । माओवादीका खेलकुदकर्मी किरण गिरीको नाम यसअघि पनि सदस्यसचिवका लागि आएपनि उनी अहिले मौन रहेका छन् । उनी भन्छन्, ‘राजनीतिक भागवण्डा हो । अहिले हामी सरकारमा छैनौँ। तरपनि खेलको मायाका हिसाबले काम गर्दै आएका छौँ।’

बोर्डमा पदाधिकारी चयनका लागि सहज बनाउन राजनीतिक दलको प्रभावमा खेलकुद ऐन समेत परिमार्जन गरिएको थियो । ऐनमा सुरुमा सदस्यसचिवको शैक्षिक योग्यता कम्तीमा स्नातक तह उर्तिण हुने प्रावधान राखिएको थियो । बोर्डका एक कर्मचारीका अनुसार राजनीतिक नियुक्तिलाई सहजता दिलाउनका लागि सो ऐन समेत परिमार्जन गरि हाल शैक्षिक योग्यताको विषय कतै राखिएको छैन। उनका अनुसार सदस्य सचिवका लागि ३५ वर्षदेखि ६० वर्षको उमेर ननाघेको र खेल क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष