
- महोत्तरीको गौशालाको विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा स्थानीय र भारतको बिहार राज्यका व्यक्ति समेत रहेका छन्, जसलाई जुवा खालबाट समातेको हो।
- प्रहरीले स्थानीय इलाकाबाट जुवा खेलमा संलग्न व्यक्तिहरूलाई नगदसहित विभिन्न सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ।
जनकपुरधाम- महोत्तरीको गौशालाको विभिन्न स्थानमा जुवाको खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने ४२ वर्षीय सुरेन्द्र सिंह, ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा, ३७ वर्षीय मकेश्वर सिंह कुशवाहा, औरही नगरपालिका ४ बस्ने २५ वर्षीय अनिल सहनी र भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत हरिबेला बस्ने ४० वर्षीय बेचन महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार छुट्टा छुट्टै स्थान र समयमा पाँचै जनालाई जुवा खालबाट पक्राउ गरिएको हो ।
गौशाला–११, लक्ष्मिनिया स्थित पानी ट्याङ्कीको भवनमा जुवा तथा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले ३९ हजार ११० रुपैयाँ र भारु ६ सयसहित गौशाला–१२ का तीन जनालाई पक्राउ गरेको हो ।
यस्तै, गौशाला–८ बेलगाछीस्थित रमेश यादवको उखु खेतमा जुवा तथा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले नेपाली रुपैयाँ ८७ हजार ५९० र भारतीय रुपैयाँ ५ हजार २० सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।