
- कतारले युएईलाई २-१ ले हराएर पहिलो पटक विश्वकपमा छनोट भएर आफ्नो स्थान सुरक्षित गर्यो।
- दक्षिण अफ्रिकाले कठिन समूहमा जित हासिल गर्यो भने अफ्रिकी मुलुक केप भर्डेले पहिलोपटक छनोट गरायो।
- युरोपका धेरै टिमहरूको छनोट चरण अझै बाँकी छ र समग्र चित्र धेरै स्पष्ट भएको छ।
आगामी वर्ष हुने फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत पछिल्ला चरणका खेलहरुबाट केही नयाँ र पुराना दबदबा भएका टिमले स्थान बनाएका छन्।
मंगलबार कतारले युएईलाई २-१ ले हराएर विश्वकपमा स्थान बनायो। सन् २०२२ को विश्वकपमा आयोजकका रुपमा विश्वकप खेलेको कतारले छनोट मार्फत भने पहिलो पटक विश्वकपमा स्थान बनाएको हो।
त्यस्तै अफ्रिकी महादेशको अन्तिम चरणमा तनावपूर्ण खेलहरु भए। दक्षिण अफ्रिकाले पनि कठिन समूहमा जित निकाल्दै विश्वकपमा स्थान सुरक्षित गर्यो। जबकि विश्वकपको संधैको दाबेदार दिग्गज नाइजेरिया प्लेअफमा धकेलिएको छ। सबैभन्दा रोमाञ्चक भने अफ्रिकी मुलुक केप भर्डेले पहिलोपटक विश्वकपमा स्थान बनायो।
युरोपका धेरै टिमहरूले भने अझै आफ्नो छनोट चरण पूरा गर्न बाँकी छ, तर हालसम्मको प्रगतिमा समग्र चित्र पहिलेभन्दा धेरै स्पष्ट भएको छ।
फिफा विश्वकप २०२६ मा अहिलेसम्म छनोट भएका टिमहरु
आयोजक: क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका
एसिया:अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, उज्वेककिस्तान
अफ्रिका: अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरोक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया
युरोप: इङ्ग्ल्यान्ड
ओसिनिया: न्यूजील्याण्ड
दक्षिण अमेरिका: अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे, उरुग्वे
फिफा विश्वकप २०२६ का लागि छनोटमा दाबेदार टोली
अफ्रिका: क्यामरुन, कङ्गो, गाबोन र नाइजेरिया यी चार टिमहरूले महादेशीय अन्तिम अन्तरमहाद्वीपीय स्थानका लागि प्लेअफ खेल्नेछन्। अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले ती खेलहरूको मिति घोषणा गर्न बाँकी छ।
एसिया: संयुक्त अरब इमिरेट्स (युएइ) र इराकबीच नोभेम्बरमा हुने एएफसी (एशियाली फुटबल महासंघ) छनोटको अन्तिम चरणमा दुई खेलको श्रृंखलामार्फत अन्तिम अन्तरमहाद्वीपीय प्लेअफ स्थानका लागि प्रतिस्पर्धा हुने छ।
युरोप: इङ्ग्ल्यान्ड बाहेकका ५३ मध्ये ५४ युरोपेली टिमहरूले अझै पनि १६ स्थानका लागि प्रतिस्पर्धामा छन्। उनीहरूको पहिलो चरणको खेल नोभेम्बर १८ सम्म चल्ने छ।
उत्तर, मध्य अमेरिका र क्यारिबियन:
तीन आयोजक देशहरूले (संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको) पहिले नै स्थान पाएका छन्, त्यसैले बाँकी तीन स्थानका लागि प्रतिस्पर्धा हुने छ। यी स्थानहरू नोभेम्बर १८ मा निर्णयक खेलहरु हुने छन्। हालसम्म तेस्रो चरणमा पुगेका टिमहरूमा बरमूडा, कोस्टारिका, कुरासाओ, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला, हाइटी, जमैका, निकारागुवा, पानामा, सुरिनाम, र त्रिनिडाड एण्ड टोबेगो रहेका छन्। प्रत्येक समूहमा दोस्रो स्थानमा रहेका तीन टिमहरूले त्यसपछि अन्तरमहाद्वीपीय प्लेअफका लागि प्रतिस्पर्धा गर्ने छन्।
ओसिनिया: न्यु क्यालेडोनियाले अन्तरमहाद्वीपीय प्लेअफका लागि योग्यता हासिल गरेको छ।
दक्षिण अमेरिका: शीर्ष ६ मा परेर विश्वकपमा स्थान बनाउने मौका गुमाएपछि बोलिभियाले अन्तरमहाद्वीपीय प्लेअफमा स्थान बनाएको छ।
छनोटबाट बाहिरिएका प्रमुख टिमहरू
दक्षिण अमेरिका: सन् १९६२ मा तेस्रो स्थान हासिल गरेका पेरु र चिली यसपटक दक्षिण अमेरिकी छनोटबाट बाहिरिएका अहिले सम्मका सबैभन्दा बलियो नाम हो। त्यस्तै, भेनेजुएलाको यात्रासमेत छनोट चरणबाटै अन्त भयो।
एसिया: एशियाली फुटबलमा बलियो टिम नमानिए पनि चीनका लागि यो ठूलो निराशा बनेको छ, किनकि उनीहरू २००२ पछि पहिलोपटक विश्वकपमा पुग्न चाहन्थे। त्यो अवशर चीनले गुमाएको छ।
त्यस्तै इन्डोनेसियाले दोस्रोपटक विश्वकपमा पुग्ने सपना देखेको थियो र एएफसी छनोटको चौथो चरणसम्म पुगेर साहसिक यात्रा गरेको थियो। तर बहादुरी पूर्वकको प्रदर्शन पछि पनि उनीहरु छनोट भन्दा एक कदम पछि रहेर बाहिरिए।
त्यस्तै सन् २०२३ को एएफसी एसियन कपमा दक्षिण कोरियामाथि समूह चरण जितेका बहराइन यसपटक विश्वस्तरीय प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाउने मौका गुमाउँदा निराश बनेको छ। त्यस्तै, प्यालेस्टाइन पनि चौथो चरणमा पुग्न केहि सेकेन्ड टाढा रहँदा दुखद बहिरगमनको सिकार हुनु परो। पछिल्लो एसियन कपमा ऐतिहासिक रूपमा नकआउट चरणमा पुगेको प्यालेस्टाइनका लागि यो निरासाजनक यात्रा हो।
अफ्रिका: अङ्गोला, लिबिया, माली र नामिबिया पनि अफ्रिकी छनोटबाट बाहिरिएका प्रमुख दाबेदार टोलीहरूमा परेका छन्, जसका लागि यो ठूलो निराशाको विषय बनेको छ।